रामेछापकाे जिल्ला कारागारमै १ जना कैदीको मृत्यु



रामेछाप । जिल्ला कारागार रामेछापमा कैद भुक्तान गरिरहेका एक जना कैदी बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा उमाकुण्ड गाउँपालिका–६ का ८४ वर्षीय पदमबहादुर श्रेष्ठ रहेका छन् ।

उनी बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेको कारागार प्रशासनले जनाएको छ । हिजो (सोमबार) बेलुका कारागारको बाथरुममा लडेर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल रामेछापमा मृत्यु भएको जिल्ला कारागार रामेछापका प्रमुख रुपलाल तामाङ जानकारी दिनुभयो ।

श्रेष्ठले उच्च रक्तचापको रोगी भएको र प्यारालाइसिस भएर नियमित औषधी सेवन गरिरहेका थिए । मृतक श्रेष्ठ जबरजस्ती करणी मुद्दामा रामेछाप कारागारमा जन्मकैदको सजाय भोगिरहेका थिए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रामेछापमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्