बझाङको सदरमुकाम चैनपुरमा सुतिरहेका आमा–छोरामाथि अज्ञात समूहद्वारा चक्कु प्रहार



बझाङ । जिल्लाको सदरमुकाम चैनपुर बजारमा डेरा गरि बस्ने आमा–छोराहरूमाथि चक्कु प्रहार भएको छ ।

हिजो (सोमबार) राति १२ बजे अज्ञात समूहले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सुर्मा गाउँपालिका–३ घर भई हाल सदरमुकाम चैनपुरको सुर्माटोलमा डेरा गरि बस्ने २७ वर्षीया सुनिता बिक, उहाँका ७ वर्षीय जेठो छोरा आदित्य र ४ वर्षीय एबलमाथि अज्ञात समूहले चक्कु प्रहार गरेको सुनिताका श्रीमान् कमलले बताउनुभयो ।

चक्कु प्रहारबाट जेठो छोरो आदित्यलाई गहिरो चोट लागेको छ भने घाइते तीनै जनाकोे जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ ।

उक्त समूहले मूल ढोकाको चुक्कुल खोलेर सुतिरहेका आमा–छोराहरूमाथि चक्कु प्रहार गरि मोबाइल फोन पनि लिएको बताइएको छ ।

अज्ञात समूले मुखमा मास्क लगाएकोले कसैलाई नचिनेको सुनिताले न्यूज अफ नेपाललाई बताउनुभयो । घटनामा संलग्न समूहको खोजी भइरहेको प्रहरीको भनाइ छ । यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्