सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार, संसद्को गतिरोध कायमै रहने सम्भावना



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शीतलनिवासमा आह्वान गरिएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गरेको छ ।

बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको उक्त बैठक एमालेले बहिष्कार गरेको हो ।

राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले भन्दै सर्वदलीय बैठकमा एमाले सहभागी नहुने एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने भनिए पनि एमालेले बहिष्कार गरेको छ । उसले उक्त बैठक बहिष्कार गरेपछि आजका लागि बोलाइएको संसद् बैठक पनि प्रभासवित हुने सक्ने सत्तापक्षीका सांसदहरूले आकलन गरेका छन् ।

आज राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्