ललिता निवास प्रकरण : पूर्वमन्त्रीद्वय गच्छदार र साहसँग सीआईबीले लियो बयान, श्रेष्ठको खोजी



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ ।

बहुचर्चित बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा पूर्वमन्त्रीद्वय गच्छदार र साहसँग सिआईबीले बयान लिएको हो ।

सीआईबीले गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ तथा राज्यमन्त्री साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि सीआईबीले आइतबार बेलुका नै बयान लिएको छ ।

पूर्वमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेगोलगायतका कर्मचारी भने फरार रहेको सीआईबी स्रोतले बतायो ।

आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोमबार बिहान डा.बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान लिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्