कोशीको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित, उपसभामुख काठमाडौंमा, अध्यक्षमण्डलकी सदस्य अनुपस्थित



काठमाडौं । कोशी प्रदेश सभाको बैठक स्थगित भएको छ । आज (सोमबार) बिहान ८ बजेका लागि आह्वान गरिएको उक्त सभाको बैठक स्थगित भएको हो ।

उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि सोमबार प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक मध्यान्हसम्मलाई स्थगित गरिको छ ।

परामर्श समितिका सदस्य बैठकस्थलमा पुगे पनि उपसभामुख उपस्थित नहुने सूचना प्राप्त भएपछि बैठक बस्दै नबसी मध्यान्हसम्मका लागि स्थगित भएको हो ।

बैठकस्थलमा परामर्श समितिका सदस्यहरूको अनौपचारिक छलफलबाट मध्यान्ह सवा १२ बजे बैठक राख्ने निर्णय गरेको छ ।

उपसभामुख काठमाडौं लागेपछि तथा अध्यक्षमण्डलकी सदस्य नेकपा (एमाले)की मालती लिम्बु र राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट पनि उपस्थित भएका छैनन्् ।

प्रतिक्रिया दिनुहोस्