प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ जारी



काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि संसदीय सुनुवाइ जारी छ ।

संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिमा आज (सोमबार) श्रेष्ठविरुद्ध सुनुवाइ भइरहेको छ ।

समितिका अनुसार पहिलो चरणमा उनीविरुद्ध उजुरी दिने उजुरीकताृसँग छलफल हुनेछ भने त्यसपछि प्रधानन्यायाधीशमा सिफारिस श्रेष्ठसँग समितिले सुनुवाइ शुरू गर्नेछ ।

जसअनुसार प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग बिहान साढे १० बजे छलफल जारी छ । त्यसपछि साढे ११ बजे श्रेष्ठलाई बोलाएर समितिले सुनुवाइ गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्