कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान


काठमाडौं । राष्ट्रियसभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी कार्यव्यवस्था परामर्श समिति बैठक बेलाएका हुन् ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा बस्ने बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन् ।

मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठकका एजेण्डा र सदनको गतिरोध अन्त्यका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।