कामनाको सीओओमा सत्याल नियुक्त



काठमाडौं । कामना न्यूज पब्लिकेसन्स् प्रालिको चिफ अपरेटिङ अफिसर (सीओओ) मा दामोदर सत्याल नियुक्त हुुनुभएको छ ।

प्रालिले सत्याललाई शुक्रबारदेखि लागु हुने गरी सीओओमा नियुक्त गरेको हो । सत्याललाई प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ, नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितलगायत कर्मचारीले कार्यालयमा स्वागत गर्नुभएको थियो ।

स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सत्यालजस्तो अनुभवी व्यक्तिलाई सीओओका रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । श्रेष्ठले पब्लिकेसन्स्लाई थप गति दिन उहाँको भूमिका उल्लेखनीय हुने विश्वास व्यक्त गर्नुभयो ।

सीओओमा नियुक्त सत्यालले कामना न्यूज पब्लिकेसन्स्लाई नयाँ उचाइमा पु¥याउन आफू दत्तचित्त भएर खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सत्याल विगत २७ वर्षदेखि यस क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँले आर्थिक क्षेत्र र व्यवस्थापनमा राम्रो दख्खल राख्नुहुन्छ । सत्यालसँग आर्थिक अभियान दैनिकमा जनरल म्यानेजर सेल्स एन्ड मार्केटिङमा रही कार्य गरेको अनुभव छ । सत्यालले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्