नेपालको दोहारो सफलता



काठमाडौं ।

नेपाली खेलाडीहरुले ब्याडमिन्टन एशिया (दक्षिण एशिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप २०२३ अन्तर्गत मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेको छ ।

नेपाल सहित श्रीलङका, पाकिस्तान, मालदिभ्स, भुटान र बंगलादेश सम्मिलित च्याम्पियनसिपको पहिलो दिन अहिले सम्मको नतिजामा नेपालले यु–१५ तर्फ र यु–१७ दुवै तर्फ जित आत्मसाथ गरेको छ । यु–१५ र यु–१७ दुवै तर्फ नेपालले वेष्ट अफ फाईभको प्रतिस्पर्धामा मालदिभ्स माथि ५–० को जित निकालेको हो ।

लिगको आधारमा खेलाईएको प्रतियोगितामा १५ तर्फ नेपालका खेलाडी सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले मालदिभ्सका फरुजन अहमद फलाह र हुसैन जुरी याल्भीको जोडीलाई २१–११, २१–६ ले, रिहाना शेरचनले अदिल मोहम्मद कियानलाई २१–९, २१–६ले, सुविन श्रेष्ठले फरुजनलाई २१–७, २१–८, दिलाशा राना र रिहाना शेरचनको जोडीले अदिल मोहम्मद र हुसैन जुरीको जोडीलाई २१–८, २१–१० र सौर्य महर्जन र सुविन श्रेष्ठको जोडीले फरुजन र अहमद मम्दु इयानलाई २१–३, २१–८ ले पराजित गरे ।

त्यस्तै, १७ तर्फ कविर के।सी। र रोजी राईको जोडीले अजहर मोहम्मद आयुब र ऐस्था जोया हुसैनको जोडीलाई २१–१, २१–४, रोजी राईले ऐस्थालाई २१–१०, २१–८, कविर के।सी।ले अजहरलाई २१–७, २१–१०, अन्जिल लिम्बु र रोजी राईको जोडीले ऐस्था र मोहम्मद शरिफ सैयवको जोडीलाई २०–२२, २१–१८, २१–१० र कविर के.सी. र अभय महराको जोडीले अजहर र युसुफ मुनाधी माथलुवको जोडीलाई २१–१५, २१–१५ ले पराजित गरे ।

त्यस्तै, अन्य खेलमा बंगलादेशले १५ तर्फको खेलमा भुटानलाई ५–० र १७ तर्फ मालदिभ्सलाई ५–० ले पराजित ग¥यो । श्रीलङकाले यु १५ तर्फ मालदिभ्सलाई ५–० ले नै पराजित गर्न सफल भएको छ । मिक्स टिम इभेन्टस्मा महिला र पुरुषको एकल, महिला र पुरुषको युगला र मिक्स गरि पाँच प्रतिस्पर्धा हुनेछ । त्यसअघि कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले एक कार्यक्रमविच पानसमा द्वीप प्रज्वलन गरि प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङ्गले नेपाली खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा आफुलाई खरो उतार्ने भन्दै खेलाडी तथा आयोजकलाई सफलताको शुभकामना दिए । उनले प्रतियोगिता नेपालमा आयोजना गर्न सहयोग पु¥याएकोमा ब्याडमिन्टन एशियालाई धन्यवाद ब्यक्त गरे । सदस्य सचिवले नेपालमा यस्ता अन्तराष्ट्रिय प्रतियोगिताहरु अन्य संघहरुले पनि गनुपर्ने भन्दै आफु त्यसको लागि सहयोग गर्न सदा तत्पर रहेको बताए ।

ब्याडमिन्टन संघ तदर्थ समितिका संयोजक रामजी बहादुर श्रेष्ठले यस च्याम्पियनसिपलाई नेपालमा आयोजना गर्न सहयोग गर्नु हुने ब्याडमिन्टन एशिया तथा ब्याडमिन्टन एशियाका बिकास समितका चेयरम्यान वाजीद अली चौधरी र टिमप्रती कृतज्ञता प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्