संसद्लाई गति दिन सत्तासाझेदार दलहरूले प्रतिपक्षी एमालेसँग छलफल गर्ने



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तासाझेदार दलहरूको बैठक सम्पन्न भएको छ ।

संसद्को गतिरोध अन्त्यका लागि बसेको सत्तासाझेदार दलहरूको बैठक भर्खरै सम्पन्न भएको हो ।

पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न उक्त बैठक बसेको थियो ।

प्रम्ख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा जारी राखेको गतिरोध, गठबन्धन दलहरूबीच देखिएको अविश्वासलगायत विषयमा छलफल गर्न बैठक बसेको थियो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग रादै एमालेले संसद् अवरोध गर्दै आएको छ । यसका लागि सत्तासाझेदार दलहरूले अब एमालेसँग छलफल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्