सप्तरीमा अख्तियारको स्टीङ अप्रेशन- २ लाख नगद र ३ लाखको चेकसहित यादवद्वय पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित विष्णुपुर गाउँपालिकाका एमआइएस अफिसर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण य

अख्तियारको इटहरीस्थित कार्यालयबाट गएको स्टीङ टोलीले एमआइएस अफिसर यादवलाई २ लाख नगद र लेखापाल टेकनारायण यादवलाई ३ लाख चेकसहित पक्राउ गरि नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार यादवद्वयले सोलार बत्ती जडान लगायतको योजना भुक्तानी गरेवापत सेवाग्राहीसँग वार्गेनिङ गरि रकम र चेक लिइसकेको अवस्थामा अख्तियारको टोलीले राजविराज ३ बाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्