महिलाको साथबाट २३० बोतल अनरेस्क बरामद



हेटौंडा ।

प्रहरी चौकी हेटौंडा रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडा–१५ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा एक महिलाको साथबाट लागुऔषध बरामद गरेको छ ।

बीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना. २८ प ७७२ नम्बर मोटरसाइकललाई मंगलबार दिउँसो करिब २ बजे चेक गर्ने क्रममा मोटरसाइकलचालक भागे पनि मोटरसाइकल पछाडि बसेकी बीरगञ्ज महानगरपालिका वडा–१७ बस्ने वर्ष ४५ की एक महिलालाई पक्राउ गरिएको हो ।

उनले बोकेको कालो ब्यागमा लागुऔषध अनरेस्क २ सय ३० बोतल फेला परेको थियो । प्रहरीले लागुऔषध, मोटरसाइकलसहित महिलालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । फरार चालकको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्