इटालीलाई हराउँदै स्विडेन अन्तिम १६ मा



मेलबर्न, (एजेन्सी) । स्विडेन समूह जी बाट एक खेल खेल्न बाँकी हुँदै जारी महिला विश्वकपको अन्तिम १६ मा पुगेको छ । स्विडेनले इटालीलाई ५–० ले पराजित गर्दै नकआउट चरण सुरक्षित गरेको हो । गत विश्वकप २०१९ को सेमिफाइनलिस्ट स्विडेनले इटालिविरुद्ध शानदार जित हासिल गर्दा इटालिको क्षमतामाथि प्रश्न चिह्न समेत लगाइदियो ।

स्विडेनले लगातार दुई खेल जितेको हो भने इटालीको यो पहिलो हार हो । स्विडेनको जितमा एमान्डा इलेस्टेडले दुई, फ्रिडोलीना रोल्फो र स्टिना ब्लाकस्टेनिसले एक–एक गोल गरेका थिए । उनीहरुको बेजोड प्रदर्शनले गर्दा इटालिको कीर्तिमान पनि भंग भएको छ ।

इटालीले पछिल्ला १३ विश्वकपखेलमध्ये ६ खेलमा क्लिन शीट पाएको थियो । यसपटक ५ गोल आत्मसात गरेको इटालीको लागि यो खराब अनुभव पनि भयो । त्यसो त समूहमा इटाली ३ अंकसहित दोस्रो स्थानमा छ र अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराएमा अन्तिम १६ मा पुग्न सक्नेछ । यो खेल बुधबार हुनेछ ।

ब्राजिल पनि पराजित

कप्तान वेन्डी रेनार्डले अन्तिममा गोल गरेपछि फ्रान्सले ब्राजिललाई रोमाञ्चक खेलमा २–१ ले हराएको छ । महिला विश्वकपअन्तर्गत ब्रिस्बेनमा भएको उक्त खेल बराबरीतिर लम्किएको थियो । तर, रेनार्डले ८३ औं मिनेटमा गोल गरेर फ्रान्सको जित सुनिश्चित गरेकी थिइन् ।
यसअघि १७ औं मिनेटमा युजीनी लेसमरले गोल गर्दै फ्रान्सलाई १–० को अग्रतामा राखेकी थिइ । डेबिन्हाले दोस्रो हाफमा गोल गरेपछि ब्राजिल १–१ बराबरीमा फर्किएको थियो । तर, रेनार्डको गोलले ब्राजिल अंक जोड्न असफल भयो भने फ्रान्स पुरै ३ अंक जोड्न सफल भयो ।
ब्राजिल यो जितले अन्तिम १६ मा पुग्ने थियो । तर, ब्राजिलको लागि लिगको अन्तिम खेलमा जमैकाविरुद्ध जित हात पार्नु पर्ने भएको छ । फ्रान्सले अन्तिम खेल पानामासँग खेल्नेछ । दुबै खेल अगस्ट २ मा हुने ।

फ्रान्सले पहिलो खेलमा जमैकाविरुद्ध बराबरीको निरासजनक नतिजा बेहोरेको थियो । केही प्रमुख खेलाडीको फिटनेस समस्याले पनि फ्रान्सको यस विश्वकपमा प्रदर्शन राम्रो हुन सकिरहेको छैन । विजयी गोल गरेकी रेनार्ड समेत चोटको कारण खेल्न गाह«ो भइरहेको छ ।

ब्राजिलले भने पहिलो खेलमा पानामालाई पराजित गरेर विश्वकपमा सुखद शुरुवात गरेको थियो । प्रतियोगितामा ब्राजिलको आक्रमक विधा राम्रो भएको पनि बताइरहेको थियो । तर, फ्रान्सविरुद्ध यस्तो भने भएन ।
नर्वेलाई समस्या

नर्वे महिला विश्वकअन्तर्गत समूह ए को अन्तिम स्थानमा छ । १९९५ को विश्वकप विजेता नर्वेको लागि अन्तिम खेल गर या मरको स्थितिमा छ । न्युजिल्यान्डसँग स्तब्ध भएको र स्विट्जरल्यान्डविरुद्ध बराबरी खेलेपछि नर्वेको लागि समूह पार गर्नेमा शंका उब्जेको हो । यसमाथि प्रमुख स्ट्राइकर अडा हेगरबर्ग चोटको कारण नखेल्ने भएपछि टोलीमाथि थप समस्या आइप¥यो ।

नर्वेको अन्तिम खेल फिलिपिन्ससँग रहेको छ । नर्वेले फिलिपिन्सलाई हराएपनि अर्को खेलको नतिजा पनि कुर्नु पर्ने हुन्छ । नर्वेसँग १ अंक छ भने स्विट्जरल्यान्डसँग ४ अंक छ । न्युजिल्यान्ड र फिलिपिन्ससँग ३ अंक छ । न्युजिल्यान्ड र स्विट्जरल्यान्ड बराबरी खेलेमा नर्वेको नकआउट संभावना समाप्त हुनेछ । यदि स्विटजरल्यान्ड जितेमा भने नर्वे अर्को चरण पुग्नेछ । यसको लागि नर्वेले जित हात पार्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्