अदुकिया बेपत्ता



काठमाडौं । झण्डै सय किलो सुन तस्करी काण्डमा संलग्न रहेको आशंकामा व्यापारी राकेश अदुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि अदुकिया बेपत्ता भएका छन् ।

लामो समयदेखि शक्ति केन्द्रको आडमा अवैध धन्दा चलाउँदै आएका अदुकियाले नेपालबाट भारततर्फ तस्करी हुन लागेको उक्त सुनको व्यवस्थापनको जिम्मा लिएको भए पनि विभागको टोलीले सुन समेतपछि अदुकिया फोन सम्पर्कमा आउन छाडेका थिए ।

विभागको टोलीले अदुकियाको घरमा छापा मारेपछि अदुकिया भारततर्फ भागेको विभागको टोलीले आशंका गरेको छ । अदुकिया भाग्न सक्ने सबै नाकामा निगरानी राख्न विभागले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आग्रह गरेको विभाग स्रोतले जानकारी दिएको छ ।

रेडी ट्रेर्डसको नाममा हङकङबाट आउने सामान यसअघि पनि अदुकियाले व्यवस्थापन गर्दै आएको पाइएको विभागका एक अधिकारीले जानकारी दिए ।

विवादित पृष्ठभूमि भएका अदुकिया सम्पर्कविहीन भएपछि विभागको टोलीले उनको लगानी रहेका विभिन्न उद्योग तथा व्यवसायको बारेमासमेत चासो राखेर खोजबिन शुरू गरेको पनि ती अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

चिनियाँ र भारतीय सुन तस्करसँग राम्रो सम्बन्ध बनाएका अदुकियाले यसअघि नेपाल आएको सुनको व्यवस्थापन गरेर ठुलो परिमाणमा सुन भारततर्फ पु¥याउन सफल भएको निष्कर्षमा विभागको टोली पुगेको पनि ती अधिकारीले दाबी गरे । सुन काण्डको पर्दाफास हुँदै गएपछि छोरा रोहन अदुकिया भारततर्फ भागिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्