मिटरब्याजीका नेता इन्द्रजित साह हिरासतमा



काठमाडौं ।

महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् ।

भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा बुधबार विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

ठूलो विवाद हुने देखिएपछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । उनका अनुसार आज पुनः जिल्ला प्रशासनमा छलफल हुनेछ । पक्राउ परेका इन्द्रजित साहुहरुको संगठन लेनदेन संघर्ष समितिका सहसचिव हुन् । जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्