पत्रकारितामाथि डीएसपी केसीको प्रहार, महासंघद्वारा कडा आपत्ति


काठमाडौँ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीले पत्रकारिता जगतलाई लाञ्छित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा डीएसपी केसीको अभिव्यक्तिलाई अत्यन्तै निन्दनीय र खेदजनक भनिएको छ ।

महासंघले संविधानप्रदत्त प्रेस स्वतन्त्रता र अधिकारको सम्मान गर्न आग्रह गर्दै उक्त गैरजिम्मेवार अभिव्यक्ति तत्काल सार्वजनिक रूपमा सच्याउन सम्बन्धित पक्षसँग माग गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।