ग्लोबल आइएमई बैंकले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने


काठमाडौं।

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता आयोजना गर्ने भएको छ। बैंकले आगामी मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ।

प्रतियोगितामा होल इन वान गर्ने खेलाडीका लागि आधुनिक स्कोडा एसयूभी गाडी पुरस्कार राखिएको छ। त्यस्तै, अन्य विधाका विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार प्रतियोगिताले खेलप्रेमीहरूलाई खेलकुदसँगै प्रकृति र आपसी सद्भावको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लू तथा बाराहसिंघेको सहकार्य रहेको छ।

आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको जनाएको छ।

त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयरलगायतका सम्मानसमेत प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक भएको जनाएको छ। बैंकका अनुसार हाल देशभर ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यसका साथै बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।