सय केजी सुन प्रकरण : थप दुईजना पक्राउ, पक्राउ पर्नेको संख्या १० पुग्यो



काठमाडौँ।

हङकङबाट ल्याइएको करिब १०० किलो सुन तस्करीमा संलग्नहरु पक्राउ पर्न थालेका छन्। राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा संलग्नहरूलाई बिहीबारबाट पक्राउ गर्न थालेको छ।

विभागबाट खटिएको टोलीले बिहीबार साँझसम्म यस प्रकरणमा संलग्न चिनियाँ र भारतीय नागरिकसहित १० जनालाई पक्राउ गरेको छ।

काठमाडौंका छुट्टाछुट्टै स्थानबाट बिहीबार अनुसन्धान विभागको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट म्याद थप भइसकेको छ। साँझसम्ममा अन्य ४ जना पक्राउ परिसकेका छन्।

पक्राउ परेका सबैलाईलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका व्यक्तिको खोजी जारी छ।

यी हुन बिहीबार पक्राउ परेकाहरु

१) जिक्वाङ लिङ (चिनियाँ नागरिक)

२) थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)

३) रामकुमार भुजेल (दोलखा)

४) दीलिप भुजेल (दोलखा)

५) हर्कराज राई (भोजपुर)

६) अशोक लामा (ट्याक्सी चालक)

७) राजन श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)

८) कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको, कोटेश्वरबाट पक्राउ)

९) पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)

१०) राजेन्द्र राई (भन्सार एजेन्ट)

प्रतिक्रिया दिनुहोस्