सय केजी सुन प्रकरण : कोटेश्वरबाट थप एकजना पक्राउ


काठमाडौँ।

हङकङबाट ल्याइएको करिब १०० किलो सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

राजश्व अनुसन्धान विभागको टोलीले थप एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन् । उनी राजधानीको कोटेश्वरबाट पक्राउ परेका हुन् ।
यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट करिब १ क्विन्टल सुन बरामद भएको थियो । सुन राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न प्रक्रिया थालिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।