सय केजी सुन प्रकरण : विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ



काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सय केजी सुन प्रकरणमा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयले चिनियाँ नागरिक जिक्वाङ लिन तिब्बत एयरबाट चीन जान लागेको अवस्थामा विमानस्थलबाटै बिहीबार दिउँसो पक्राउ गरेको हो।

उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो। अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो।

प्रहरीले हिजो (बुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट सय केजी सुन बरामद गरेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्