प्रधानमन्त्री प्रचण्ड र कतारी राजदूतबीच शिष्टाचार भेटवार्ता



काठमाडाैं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्