एक क्विन्टल सुन प्रकरण : भन्सार विभागद्वारा छानबिन समिति गठन



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको एक क्विन्टल सुन प्रकरबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ ।

ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन समिति गठन गरेको हो ।

विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।

उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क–कसको संलग्नता भएको थियो भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी खड्काले बताए ।

समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो ।

विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्नेछ ।

प्रतिक्रिया दिनुहोस्