त्रिभुवन विमानस्थल भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन गर्ने तयारी



????????????????????????????????????

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी भएको छ ।

प्रारम्भिक चरणमा एक अर्बभन्दा बढी मूल्य बराबरको सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए ।

पौडेलका अनुसार यसबारे तत्काल निर्णय गर्ने तयारी छ । यसका लागि अहिले आन्तरिक छानबिन भईरहेको छ । जाँच पासमा संलग्न सबै कर्मचारीलाई सकभर केहीबेरमै निलम्बन गरिनेछ ।

हिजो (बुधबार) एक अर्ब रुपियाँभन्दा बढी मूल्य बराबरको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन समेत थालेको छ ।
यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

बरामद भएको सुनको परिमाण भने एकिन भइसकेको छैन । विभागले बरामद भएको सुन जोख्न आज राष्ट्र बैंक लैजाने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्