काठमाडौं सिनामंगलमा शंकास्पद वस्तु फेला परेको स्थानबाट १ जना पक्राउ



काठमाडौं । काठमाडौं सिनाम)गलमा शंकास्पद वस्तु फेला परेको स्थानबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्स अगाडि आज (बुधबार) बिहान शंकास्पद वस्तु फेला परेको थियो ।

शंकास्पद वस्तुमा नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

सेनाको टोलीले उक्त शंकास्पद वस्तु निष्कृय पारेको र बम नभएको पाइएको छ ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा फेला परेको प्रहरीले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्