मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्री र कृषिमन्त्रीको भ्रमण स्वीकृत



काठमाडौं । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कृषिमन्त्री वेदुराम भुसालको भ्रमण स्वीकृत गरेको छ ।

उक्त बैठकले शनिबार युनाइटेड नेशन फुट सिस्टम सम्मेलनमा सहभागिताको लागि प्रधानमन्त्री प्रचण्ड र कृषिमन्त्री भुसालको इटली भ्रमण स्वीकृत गरेको हो ।

सम्मेलन जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ । एक साताको कार्यक्रमका लागि सहभागी हुने उनीहरूको भ्रमण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैडकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्