एकीकृत समाजवादीको सचिवालय बैठक जारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक जारी छ ।

गत शुक्रबारदेखि शुरूदेखि भएको बैठक यसबीचमा स्थगित भएर आज पुनः बसेको छ ।

सो बैठकमा छलफल गर्नका लागि सातवटा कार्यसूची तयार पारिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । बैठक अहिले १० बजेबाट शुरू भएको हो ।

बैठक कीर्तिपुर चम्पादेवीस्थित पुस्पलाल स्मृति प्रतिष्ठानमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्