राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आज धार्मिक यात्रा गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज धार्मिक यात्रा गर्ने भएको छ ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले साउने सोमबारको पहिलो दिन धार्मिक यात्रा गर्न लागेको हो ।

सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रका अनुसार सो धार्मिक यात्रा मैतीदेवीबाट शुरू भई पशुपतिनाथमा गएर समापन हुनेछ ।

जसका लागि दिउँसो १ बजे समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्