ललिता निवास प्रकरण : सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइँदै



काठमाडौं । सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई अदालतमा आज उपस्थित गराइँदैछ ।

सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबार अदालतमा उपस्थित गराईन लागिएको हो ।

हिजो आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याईएपछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेश गर्न आदेश दिइएअनुसार आज उनीहरू उपस्थित हुन लागेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याईएपछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलाशमा पेश गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्