कांग्रेस पदाधिकारी बैठक आह्वान, केन्द्रीय समितिका लागि एजेन्डा तय गरिँदै



काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बैठक आह्वान गरिएको छ ।

केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेन्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि बुधबार बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन पछि स्थगित भएको सो बैठक साउन २ गते बस्दैछ ।

आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेश गर्नेछ ।

बैठक दिउँसो २ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्