कांग्रेस प्रचार विभागमा थप तीन सदस्य मनोनीत



काठमाडौं । नेपाली कांग्रेसले सूचना, सञ्चार तथा प्रचार विभागमा तीन जना सदस्य मनोनीत गरेको छ । आज (आइतबार) कांग्रेसले उनीहरूलाई उक्त विभागको सदस्यमा मनोनीत गरेको हो ।

मनोनीत हुनेहरूमा सन्तोष न्यौपाने (लम्जुङ), अशोक शर्मा (कञ्चनपुर) र सुमन गौतम (रौतहट) रहेका छन् । उनीहरूलाई पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा २५ को उपधारा ९ बमोजिम मनोनीत गरेका हुन् ।

यसअघि कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागमा आज थप तीन जनालाई मनोनीत गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्