बगानले प्रिमियरमा पायो प्रशंसा



आज शुक्रबार अल नेपाल रिलिजमा आउने फिल्म बगानले बुधबार राजधानीमा आयोजित प्रिमियर शोमा प्रशंसा पाएको छ।

नयाँ बानेश्वरको आईप्लेक्स मलस्थित वन सिनेमाजमा आयोजित प्रिमियर शोमा फिल्म हेर्नेहरुले बगान महिला सशक्तीकरणका लागि क्रान्ति भएको भन्दै यसको विविध पक्षको प्रशंसा गरेका छन्। फिल्म हेर्ने अधिकांशले यसका प्रायः संवाद र दृश्य संयोजनले भावुक बनाएको भन्दै प्रशंसा गरेका हुन्। उपसभामुख इन्दिरा रानाले बगानले आप्mनो छोरी सानो हुँदा बजारमा बुबा किन्न जाम नु भन्ने गरेको सम्झना आएको तथा त्यस प्रकारका समस्याबाट गुज्रेका सबै छोराछोरीले फिल्मबाट धेरै कुरा सिक्न सक्ने बताइन्। उपसभामुख रानाले फिल्ममा छोरीले आमाका लागि गरेको काम छोराले पनि गर्न सक्यो भने समाज उत्तम हुने बताइन्।

लोकप्रिय अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बगान केवल फिल्म मात्र नभई क्रान्ति भएको जनाइन्। ञयस्तो प्रकारको विषयवस्तु उठाउनलाई ठूलै मुटु चाहिन्छ। सरोज खनालले जस्तो अभिनेता हुनुहुन्छ, त्यस्तै, अब्बल निर्देशन गर्नुभएको छ। अर्कोतिर अभिनेत्री करिश्मा मानन्धरले आफूलाई अब्बल प्रमाणित गर्नुभएको छ भने प्रत्येक संवादका शब्द शब्दले मुटु छोएको छु निरौलाको प्रतिक्रिया थियो।

अभिनेता रमेश उप्रेतीले कम रुने स्वभावको आफूलाई यो फिल्मले रुवाएको बताए। म पुरुष भएकाले कमै रुन्छु। फिल्म हेरेर म त्यत्तिकै पक्कै रोइन् होला। बगान हेर्दा दर्शकको आँखामा आँशु आएन भने मेरो नाम रमेश उप्रेती नै होइनु, उनले भने ञसरोज खनालले जस्तो राम्रो कलाकार हुनुहुन्छ, उस्तै राम्रो फिल्म बनाउनुभएको छ। सबै कलाकारले अब्बल काम गरेका छन्। फिल्मले नेपाली समाजलाई परिवर्तनको बाटो देखाउने छ। गायिकाद्वय देविका वन्दना र सुनीता दुलालले निर्देशक सरोज खनाल, अभिनेत्री करिश्मा मानन्धर, नवनायिका कार्कीसहित सबै कलाकारको खुलेर तारिफ गरे।

पत्रकार बबिता बस्नेतले नेपाली चलचित्रको क्षेत्रमा बगानले फरक धार स्थापित गरेको बताइन्। कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठले एकल आमाले कतिपय चाहनाको हत्या गर्दै जीवन चलाइरहेको हुन्छ, त्यस्तो होइन हरेक महिलाले खुसी हुन पाउनुपर्छ भन्ने भावना फिल्मले बोकेको बताइन्। निर्देशकद्वय नरेश पौडेल र ज्ञानेन्द्र देउजाले फिल्मले गहन विषयको उठान गरेको जनाउँदै समाजलाई नयाँ मोड दिन सक्ने बगानलाई राज्यले पनि साथ दिनुपर्ने बताए। निर्देशक शोभित बस्नेतले फिल्म पूर्ण पारिवारिक रहेको जनाउँदै बगानले करिश्मा मानन्धर सुन्दरी नायिका मात्र नभएर पक्का कलाकार पनि हो भन्ने प्रमाणित गरेको बताए।

अभिनेता कृष्ण मल्लले फिल्मले समाजमा परिवर्तनको लहर दिन सफल भएको जनाए। अभिनेता तथा निर्माता अशोक शर्माले विषयवस्तु अत्यन्त मजबुत रहेको बताए भने निर्देशक दिनेश डिसीले फिल्मले सोच्न बाध्य बनाउने तथा फिल्म हेर्दा आफू पटकपटक रोएको बताए।

फिल्ममा केन्द्रीय भूमिका निर्वाह गरी आपूmलाई सशक्त अभिनेत्री सावित गरेकी अभिनेत्री करिश्मा मानन्धर स्वयंले समेत पहिलोपटक पूरा फिल्म हेरेपछि आप्mनो कामबाट आत्मसन्तुष्टि मिलेको बताइन्। ञएउटा कलाकारलाई आप्mनो काम कहिल्यै मनपर्दैन। तर, बगान हेरेर म सन्तुष्ट भए, करिश्माले भनिन्। फिल्मका निर्देशक तथा अभिनेता सरोज खनालले फिल्म अब दर्शकको हातमा जिम्मा लगाएको बताए। खनालले यसै फिल्मबाट ठूलो पर्दाको निर्देशकमा डेब्यु गरेका हुन्। नवअभिनेत्री प्रमिला कार्कीले दर्शकसँगै बसेर आफूले आफूलाई पर्दामा हेर्न निकै गाह्रो रहेको महशुस गरेको बताइन्। फिल्मका निर्माता तथा गीतकार सुरेश वाग्लेले फिल्मका लागि आपूmले राम्रो गीत लेखेछु जस्तो लागेको बताए।

फिल्ममा सरोज, करिश्मा र प्रमिलासँगै आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतले अभिनय गरेका छन्। स्वप्निल नीरवको कथामा आधारित फिल्म नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा निर्माण भएको हो। फिल्मको कार्यकारी निर्माता विनोद मानन्धर हुन्। फिल्ममा हरि लम्साल र सुवास भुसालको संगीत, सुगम पोखरेल, अञ्जु पन्त र अस्मिता अधिकारीको स्वर, गौरीशंकर धुजुको डीओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन र सन्देश शाहको सम्पादन रहकेो छ।

प्रतिक्रिया दिनुहोस्