समाजवादी मोर्चाको बैठक अनिश्चित



कठमाडौं । समाजवादी मोर्चाको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । आज आज (बुधबार)का लागि आह्वान गरिएको उक्त मोर्चाको बैठक स्थगित गरिएको हो ।

आज अपराह्न ४ः०० बजेका लागि आह्वान गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जग्गनाथ खतिवडाले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको खतिवडाले बताए ।
बैठक नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको थियो ।

यहीँ असार २३ गते बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र आवश्यकताबारे जानकारी गराउन सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्