अंग प्रत्यारोपण समितिको अध्यक्षमा श्रेष्ठ नियुक्त



काठमाडौ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अंग प्रत्यारोपण समितिको अध्यक्षमा डा. पुकारचन्द्र श्रेष्ठसहित तीन जना सदस्य नियुक्त गरेको छ ।

मन्त्री परिषद् बैठकले अंग प्रत्यारोपण समितिको अध्यक्ष र तीन जना सदस्यहरू नियुक्त गरेको हो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा मन्त्रिपरिषद्ले अध्यक्षमा डा. श्रेष्ठ र सदस्यहरूमा डा. महेश सिग्देल, डा. प्रवीणविक्रम थापा र डा. महेश अधिकारीलाई नियुक्त गरेको हो ।

अध्यक्ष श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक हुन् भने सदस्यहरू डा. सिग्देल त्रिवि शिक्षण अस्पताल, डा. थापा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र डा. अधिकारी नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छन् । नवनियुक्त पदाधिकारीहरूको पदावधी दुई वर्षको रहेको छ ।

यसअघि उक्त समितिको अध्यक्षमा प्रा.डा. दिव्यासिंह शाह थिइन् । उनको २०७९ साल कात्तिक २४ पदावधी सकिएको थियो । लामो समय पद रिक्त हुँदा अंग प्रत्यारोपणका नीतिगत कामहरू गर्न अप्ठ्यारो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्