सभामुख घिमिरेद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त



कठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।

एनले आज (बुधबार) एक शोक वक्तव्य जारी गर्दै सीताप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्