सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा राखिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

आज विहान ८ बजेर ३३ मिनेटमा प्रधानमन्त्री पत्नी सीताको निधन भएको हो ।

नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाका अनुसार स्वास्थ्य अवस्था गम्भीर बनेपछि सीता दाहाललाई आज विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन गएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार सीताको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्