सीता दाहालको आजै अन्तिम संस्कार गरिने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आजै (बुधबार) अन्त्येष्टि गरिने भएको छ ।

उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उनको आज बिहान निधन भएको हो । अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।

सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्