प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

आज (बुधबार) बिहान उनको नर्भिक अस्पतालमा निधन भएको हो ।

अस्पताल स्रोतले बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिएको छ ।

पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोगबाट पीडित सीता लामो समयदेखि ओछ्यान परेकी थिइन् । अहिले भने उनलाई हृदयाघात भएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहानै अस्पताल पुर्याइएको थियो । अस्पतालमा थप उपचारका क्रममा उनको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्