अमेरिकामा खिचिएको गीत सार्वजनिक



विक्रम साम्पाङको शब्दमा केही त बोली देऊ न बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ।

गीतमा नरेश गुरुङको स्वर, शंकर थापा स्माइलुको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको छ। गीतको भिडियोमा मोबिन सुब्बा र सुनीता डाँगीले अन्स्क्रिन प्रेम र रोमान्स गरेका छन्। भिडियोको छायांकन अमेरिकामा गरिएको हो।

भिडियोमा छायांकन राज माझी तथा निर्देशन र सम्पादन विक्रम साम्पाध्रको रहेको छ। यसअघि, विक्रमको शब्दमा अतालिन्छ यो मन बोलको गीत सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्