एक वर्षपछि कांग्रेस केन्द्रीय समितिको बैठक आह्वान



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । आज (बुधबार) दिउँसो १ बजे उक्त समितिको बैठक आह्वान गरिएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालयमा आह्वान गरिएको छ । एक सातासम्मका लागि आह्वान गरिएको बैठकमा यसअघि पार्टीले गरेका निर्णय अनुमोदन, भातृ संघ–संगठनहरूको विस्तारबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

त्यस्तै गत सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डाअनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गर्ने भएको छ ।

बैठकले संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय समितिमा छलफल गर्ने बताइएको छ । महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनबारे पनि थप छलफल हुनेछ ।
कांग्रेस केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्