मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन



काठमाडौं । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार हेलिकोप्टरमा ५ जना विदेशी यात्रुसहित पाइलट सवार छन् ।

हेलिकोप्टरका पाइलट भने नेपाली हुन् । उनको हालसम्म कुनै विवरण खुलेको छैन ।

सोलुखुम्बुको लुक्लाबाट बिहान १० बजे उडेको हेलिकोप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको सिटौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्