योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच भेटवार्ता



काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन (एनडिआरसी)का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच चीनको वेइजिङस्थित एनडीआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा योजना आयोग र एनडीआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरू अनुसारका कार्यक्रमहरूमध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यस क्रममा नेपाल र चीन सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा विस्तृत रूपमा छलफल भएको थियो ।

नेपाल आगामी १६औँ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडीआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो । एनडीआरसी उपाध्यक्ष डा. श्रेष्ठले (एनडीआरसी)का उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्