सट्टेबाजी गर्ने कलाकारविरुद्ध अभियोगपत्र दर्ता



काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको सट्टेबाजी गर्ने वेवसाइटको प्रचार गरेको अभियागमा पक्राउ परेका नेपालका चर्चित हांस्य कलाकारविरुद्ध काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंमा सोमबार अभियोगपत्र दर्ता गरेको छ ।

काठमाडौं प्रहरीले कलाकार राजु पौडेल (राजु मास्टर) मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) लगायत अन्य कलाकारविरुद्ध काठमाडौं प्रहरीले ६५ करोड बिगोसमेत तोकेर जिल्ला सरकारी वकिलको कार्यालयमा अभियोग–पत्र दर्ता गराएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पौडेल, श्रेष्ठ, दिनेश खड्का, जलन अलिश राई, अनिता धिताल, गणेश देवकोटा, वेगम नेपाली, पवन खतिवडा, सरोज घिमिरेविरुद्ध मुद्दा दर्ता गरेको छ ।

उनीहरूविरुद्ध वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवसाइटको प्रचार गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्