ललिता निवास प्रकरण : समर्जङ कम्पनीका प्रमुखसहित थप २ जना पक्राउ



काठमाडौँ।

ललिता निवास प्रकरणमा जोडिएका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई आज (आइतबार ) प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। योसँगै बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ।

यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्