ट्रेलरमै रुवायो बगानले



आगामी असार २९ गते अल नेपाल रिलिजमा आउने फिल्म बगानको टझेलर हेरेर सहभागीहरु भावुक भएका छन्।

बुधबार राजधानीको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित कार्यक्रममा टझेलर हेरेर धेरै सहभागी भावुक भए भने कतिपय हलमै भक्कानिए। तीन मिनेट लामो ट्रेलरमा एकल महिलाले पुनर्विवाह गर्ने विषयको मतभेद प्रस्तुत गरिएको छ। फिल्ममा अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिकालाई सशक्त ढंगले निर्वाह गरेकी छन्, त्यसैगरी यसै फिल्मबाट फिल्ममा डेब्यु गरेकी नवअभिनेत्री प्रमिला कार्कीले करिश्माको छोरीको भूमिकाबाट राम्रो सम्भावना देखाएकी छन्। ट्रेलरमा करिश्मासँग प्रेम गर्ने पात्रको रुपमा अभिनेता तथा फिल्मका निर्देशक सरोज खनाल स्वयं प्रस्तुत भएका छन्। त्यस्तै, अभिनेता नीर शाह पुरातनवादी सोच राख्ने पात्रको रुपमा प्रस्तुत भएका छन् भने अभिनेत्रीद्वय वसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि यसमा सशक्त रुपमा दखिएको छ।

कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, पूर्वबागमती प्रदेश प्रमुख, माइती नेपालकी अध्यक्ष तथा सीएनएन हिरो अनुराधा कोइराला, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पुजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलर सार्वजनिक गरिएसँगै एकल आमाले देशैभर बगान निः शुल्करुपमा हेर्न पाउने घोषणा गरिएको छ। यसका लागि हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ। कार्यक्रममा नेपालकी पहिलो नायिका भुवन चन्द थापा, पहिलो रंगीन फिल्म कुमारीकी नायिका चैत्यदेवी सिंह, नेपालकी पहिलो हास्यअभिनेत्री वसुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाख एकल आमा रहेको र सबैले यो फिल्म हेर्न पाऊन् भन्ने उद्देश्यले निःशुल्क फिल्म हेर्ने व्यवस्था गरेको बताए। ञआज हामीले ६ जना एकल आमालाई प्रतिनिधि पात्रको रुपमा सम्मान प्रदान गरेका छौ। ६ जनालाई मात्र सम्मान गर्दा नेपालका सबै एकल आमालाई बिर्सन सकिन्न, त्यसैले सबै एकल आमालाई निःशुल्क फिल्म देखाउने निर्णय गरेका हौ, यसै फिल्मबाट ठूलो पर्दाको फिल्म निर्देशनमा डेब्यु गरेका कुशल अभिनेता तथा रंगकर्मी खनालले फिल्म निर्देशन यात्रालाई जोड्दै भने ञमैले फिल्म निर्देशन गर्ने ठूलो दुस्साहस गरेको छु र यो निकै ठूलो काम भएको महशुस भएको छ। ठूलो काम गर्ने तताम् निर्देशकहरुप्रति मेरो उच्च सम्मान छ। यो मेरो पहिलो काम हो, तर अन्तिम भने होइन।

उपसभामुख रानाले छोरी २ वर्षकी हुँदाको समयदेखि एकल महिलाको रुपमा आफूले छोरीलाई हुर्काई बढाइ अहिले २७ वर्षकी बनाएको जनाउँदै टझेलर हेर्दै गर्दा आप्mनो छोरीको याद आएको बताइन्। माइती नेपालकी अध्यक्ष कोइरालाले फिल्ममा एकल आमाको कथा प्रस्तुत गरिएकोमा धन्यवाद व्यक्त गर्दै अहिले अदृश्यरुपमा हजारौं घरमा एकल आमाको वृद्धि भएको बताइन्। कोशी प्रदेश सभा सदस्य श्रेष्ठ भावुक हुँदै आफूले एकल आमाको रुपमा छोरी हुर्काउँदै गरेको संघर्ष सम्झिइन्। अभिनेत्री करिश्मा मानन्धरले आप्mनी आमाले एकल आमाको रुपमा विभिन्न जटिलता र बाधा झेल्दै आफूहरुलाई हुर्काएको देखेको जनाउँदै आपंmैंले आमालाई एकल आमाको रुपमा सम्मान गर्न पाउँदा भाग्यमानी महशुस गरेको उनले बताइन्। नवअभिनेत्री प्रमिला कार्कीले एकल आमाहरुले दिएको प्रतिक्रियाले बगानमा हामीले भन्नैपर्ने विषय रहेको महशुस भएको बताइन्। म यो फिल्ममा अभिनय गर्दा धेरैपटक रोएँ, आज ट्रेलर हेर्दै गर्दा छेउमै बस्नुभएकी एकल आमा भक्कानिएर रुँदा म झनै रोएँ, प्रमिलाले सुनाइन्।

सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, वसुन्धरा भुषाल र मिथिला शर्मालगायतको अभिनय रहेको फिल्म स्वप्निल नीरवको कथामा आधारित रही तयार पारिएको छ। फिल्म नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशमा प्रदर्शन गर्ने योजना फिल्मको निर्माण समूहको छ।

प्रतिक्रिया दिनुहोस्