दिशा र टाइगरबीच कुरा मिल्यो



केही समयअघि बलिउड अभिनेत्री दिशा पटानी तथा अभिनेता टाइगर सराफको ब्रेकअपको भएको खवरले भारतीय सञ्चार माध्यममा राम्रै स्थान पायो।

बलिउड नगरीमा लभ बर्डको उपनामले चिनिएका उनीहरु सहमतिमै एक अर्काबाट छुट्टिएका भनिएको थियो। त्यसपछि उनीहरु सार्वजनिक रुपमा सँगै देखिएका थिएनन्। तर, हालै दिल्लीमा आयोजित एक कार्यक्रममा सँगै भेटिएपछि भारतीय सञ्चार माध्ययमले उनीहरुबीच प्याच अप भएको चर्चा गरेका छन्।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा उनीहरु एक अर्कासँग गफिइरहेको देखिन्छ। पापाराजीले फोटो खिच्दा उनीहरुले छुट्टाछुट्टा तथा एक अर्काका साथ विभिन्न पोज दिइरहेको देखिन्छ। दिशा र टाईगरको यी तस्वीर तथा भिडियो हेरेर फ्यानहरुले उनीहरुको जोडी निकै सुन्दर देखिएको भन्दै विवाह गर्न सुझाएका छन्।

केही समयअघि दिशाको जन्मदिनको अवसर टाइगरले सामाजिक सञ्जालमार्फत दिशालाई शुभकामना दिएका थिए। सो सयमा पनि उनीहरुबीच कुरा मिलेको हल्ला चलेको थियो। लामो समयदेखि प्रेम सम्बन्धमा रहेको र घुट्टिएपछि फेरि प्याचअप भएको भनेर सञ्चार माध्ययममा समाचार आए पनि दिशा र टाइगरले आफ्नो सम्बन्ध र यस सम्बन्धमा चलेका हल्लाबारे भने कहिल्यै पनि आधिकारिक रुपमा मुख खोलेका छैनन्।

प्रतिक्रिया दिनुहोस्