भिडियोमा हेर्दा हेर्दै अन्माएर



गीतकार हीराकाजी थापाको शब्द रचनामा हेर्दा हेर्दै अन्माएर बोलको प्रेम र विरहले भरिएको गीतको भिडियो सार्वजनिक गरिएको छ।

गायक गोपाल सोनामको स्वर रहेको गीतमा ओम सुनारको एरेन्ज संगीत रहेको छ। प्रेम, रोमान्स र विरहले भरिएको सार्वजनिक गीतको भिडियोमा मोडलद्वय विजय पुन मगर र सोनी ढुंगानाले अभिनय गरेका छन्। गीतको भिडियो गीतकार थापाले नै निर्देशन गरेका छन् भने देव दोर्जे लामाको छायांकन तथा नवीन निरौलाको कलर र सम्पादन रहेको छ। गीतको भिडियो गीतकार थापाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्