बिहीबार सार्वजनिक बिदा



काठमाडौं ।

सरकारले आउँदो बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।

‘नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्