ललिता निवास प्रकरणमा पाँच जना पक्राउ



काठमाडौँ।

चर्चित ललिता निवास प्रकरणमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार,भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम छन् । उनीहरूलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ।

उनीहरूलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी) ले मङ्गलबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्