बद्री र अलिशाको माया मागेको



डान्सर बद्रि विष्ट र अलिशा श्रेष्ठको दमदार नृत्य रहेको माया मागेको बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

सार्वजनिक भिडियोबाट बद्री र अलिशाको कामको तारिफ भएको छ। भिडियोमा उनीहरुको केमेस्ट्री जमेको छ। नविन रावल र सदीक्षा कद्मेलको स्वर रहेको गीतमा शब्द र संगीत गायक नवीनकै छ भने र्याप सिर्जना खत्रीको छ। भिडियोमा कन्सेप्ट, कोरियोग्राफी र निर्देशन डान्सर बद्रिकै रहेको छ। बद्रि र अलिशासँगै सुनील क्षेत्री र सिर्जना खत्रीलाई प्रस्तुत गरिएको भिडियोमा छायांकन र सम्पादन पवन सुस्लिङको छ।

प्रतिक्रिया दिनुहोस्