नेपाली सेनाको संख्या कटौती गर्नु हुँदैन : रक्षामन्त्री खड्का



sf7df8f}F, !! c;f/M k|ltlglw;ef a}7sdf /IffdGqL /Iff dGqL k”0f{axfb’/ v8sf ;ª3Lo ;+;b ejg gofFafg]Zj/df ;f]daf/ a;]sf] k|ltlglw;ef a}7sdf /Iff dGqfnocGtu{t ljlgof]hg ljw]os @)*) sf] ljleGg zLif{sdflysf] 5nkmndf p7]sf k|Zgsf] hjfkm lbFb} . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौं ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न नहुने बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले नेपाली सेनाको संख्या कटौती गर्नु उपयुक्त नहुने बताएका हुन् ।

नेपाली सेनाको जिम्मेवारी बहुप्रकृतिको भएकाले संख्या कटौती गर्न नहुने भन्दै रक्षामन्त्री खड्काले सोहीअनुसार बुझिदिन आग्रह गरे ।

नेपाली सेनाको संख्या उसलाई दिएको बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्नुपर्ने भन्दै उनले भने, ‘विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौति तथा खतराहरुको सामना गर्नु परिरहेको छ । बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतंकवाद, आर्थिक संकट, महामारी लगायतका सुरक्षा चुनौतिहरुले मानव जीवनमानै कठिनाई निम्त्याईरहेका अवस्थाहरु छन् ।’

प्रतिक्रिया दिनुहोस्